‘नेशनल सोशल वेलफेयर अवार्ड’ कार्यक्रम सम्पन्र, वादी उत्थान मञ्च कर्णालीलाई सहयोग

‘नेशनल सोशल वेलफेयर अवार्ड’ कार्यक्रम सम्पन्र, वादी उत्थान मञ्च कर्णालीलाई सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं सिजन मिडियाको आयोजनामा ‘नेशनल सोशल वेलफेयर अवार्ड २०२२’ को अवार्ड वितरण कार्यक्रम सम्पन्र भएको छ  । संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री अमनलाल मोदीको उपस्थितीमा राष्ट्रिय नाचघर जमलमा १४ जना समाजसेवीहरुलाई अवार्ड वितरण गरिएकाे हाे । 

देश तथा विदेशमा रहेर सामाजिक कार्यमा जुटेर मानवसेवामा सक्रिय सातै प्रदेशका प्रतिनिधि समाजसेवीलाई यस वर्ष पनि सिजन मिडियाले अवार्डमार्फत वादी उत्थान मञ्च कर्णाली सुर्खेतका संस्थापक हिक्मत वादी, कोशी प्रदेशबाट घुन्सा फाउष्डेसनकी संस्थापक योन्जोम शेर्पा, लुम्बिनी प्रदेशमा रहेर रक्तदानमा शक्रिय रहेका  रक्तदाता कृृष्ण चौहान क्षेत्री, लिभिङ ड्रग्स एण्ड अल्कोहल रिहाव सेन्टरका संस्थापक प्रशान्त शर्मा, मधेश प्रदेशका सामाजिक अभियन्ता प्रकाश थारुलाई सम्मान गरेकाे छ । 

त्यसैगरी, चितवनको सहारा घरकी सञ्चालक स्वस्तिका तिवारी, महेन्द्रनगरका समाजसेवी दिनेश मल्ल, बनेपाकी समाजसेवी जेसी मिलन गुरुङ, हेटौंडाका व्यवसायी तथा समाजसेवी लायन अमित कुमार शर्मा, ललितपुरका नेपाल स्नेही काखकी नेहा पोखरेल, गुल्मीकी पत्रकार तथा समाजसेवी कविता शर्मा, अन्नपूर्ण आत्मनिर्भर बालाश्रम पोखराकी सञ्चालक शारदा बस्नेतलाई पनि अवार्ड दिइएको थियो ।

गोरखाली व्यावसायी तथा समाजसेवी दुर्गा श्रेष्ठ र कास्कीकी बाल सामाजिक अभियन्ता प्रिन्सा रेग्मीसहितलाई तेस्रो संस्करणको ‘नेशनल सोशल वेलफेयर अवार्ड २०२२’ प्रदान गरिएकाे थियो ।

सामाजिक अभियन्ताहरुको सम्मानले समाजप्रति माया र विश्वास रही रहोस् र दिन दु:खी गरीवको सेवामा खटिरहन हौसला मिलाेस् भन्ने हेतुले उक्त कार्यक्रम गरिएको संस्थाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । 

उक्त कार्यक्रममा वादी उत्थान मञ्च कर्णाली सुर्खेतका संस्थापक हिक्मत वादीलाई वादी बालबालिकाको अध्ययनलाइ सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रममा उपस्थित दर्शक तथा आयोजकको तर्फवाट नगद रु ५० हजार पनि सहयोग गरिएको थियो । साथै व्यवसायी तथा समाजसेवी राज्यलक्ष्मी श्रेष्ठले रु ५० हजार बराबरको खाद्य्य सामाग्री उपलव्ध गराउने वचन दिएका छन् भने मिसेस व्यूटी क्वीन नेपाल २०२१ की विजेता लसता साक्यकी आमा सुलोचना शाक्यवाट रु  १ लाख १ हजार रकम दिने प्रतिबद्धता व्यक्त गरेका थिए । 

Logo