आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअघिको ‘वार्मअप’ खेलमा नेपालका आशिफ शेखले यूएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
जिम्बाब्वेमा पहिले ब्याटिङ गरेको नेपालका ओपनर आशिफले ७८ बलमा अर्धशतक प्रहार गरेका हुन् । हाल नेपाल २६ ओभरमा एक विकेट गुमाउँदै १०६ रन बनाएर खेलिरहेको छ । क्रिजमा आशिफलाई भिम सार्कीले साथ दिइरहेका छन् ।
राम्रो सुरुवात गरेको नेपालले यसअघि १८.१ ओभरमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी ३९ रनमा रोहन मुस्तफाको बलमा बोल्ड आउट भएका हुन् ।
दक्षिण अफ्रिकामा नेपाल अभ्यास खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स दुबैसँग कमजोर ब्याटिङका कारण पराजित भएको थियो । नेपालले अन्तिम वार्मअप खेल बिहीबार ओमानसँग खेल्नेछ ।





























प्रतिक्रिया