पशुपति क्षेत्र विकास कोषलाई व्यवस्थित गरेर लैजानुपर्छः सभापति रावल

पशुपति क्षेत्र विकास कोषलाई व्यवस्थित गरेर लैजानुपर्छः सभापति रावल

केन्द्रबिन्दु
0
Shares

महिला तथा सामाजिक मामिला समितिकी सभापति दिलकुमारी थापा रावलले पशुपति क्षेत्र विकास कोषलाई व्यवस्थित गरेर लैजानुपर्ने बताएकी छन् । 

मंगलबार महिला तथा सामाजिक मामिला समितिको बैठकमा पशुपति क्षेत्र विकास कोष र पशुपति क्षेत्रको विषयमा उठेको बिभिन्न पक्षमाथि भएको छलफलमा समितिकी सभापति रावलले कोषलाई व्यवस्थित गर्नुको विकल्प नरहेको बताएकी हुन् । 

उनले भनिन्, ‘पशुपति क्षेत्र विकास कोषको नाममा अहिले जति पनि विषय उठेको छ, त्यो विषयलाई समाधान गरेर जानुको विकल्प पनि छैन । र, यो सम्बन्धि निकायलाई छिटो छरितो बनाउन हामीले सबैले सहयोग सहकार्य गर्नुपर्छ । हामीले पशुपति क्षेत्र विकास कोषलाई व्यवस्थित गर्न यो राष्ट्रिय गौरवको आयोजना भित्र रहेको पशुपति क्षेत्रको समस्या समाधान गर्नको लागि हामीले मन्त्रीज्यूकै उपस्थितिमा थप छलफल गराउन पर्ने निष्कर्ष निकाल्यौं ।’ 

Logo