सिजन मिडियाले राजधानीमा सोमबार साँझ आयोजना गरेको ‘नामी कलेज एसईई प्रिन्सेस २०२३’ को ताज प्राश्ना श्रेष्ठले जितेकी छन् ।
विश्व निकेतन स्कुल, त्रिपुरेश्वरबाट एसईई परीक्षा दिएकी १६ वर्षिया प्राश्नाले १७ प्रतियोगीलाई पछि पार्दै शीर्ष ताज जितेकी हुन् । साथै उनले विधागत अवार्डतर्फ मष्ट ट्यालेन्टको अवार्ड पनि हात पार्न सफल भइन् ।
त्यसैगरी फर्स्ट रनरअप अदिती शर्मा भइन् भने उनले विधागत अवार्डतर्फ पर्सनालिटी अवार्ड पनि जित्न सफल भइन् । सेकेण्ड रनरअप अनुष्का श्रेष्ठ भइन् भने उनले विधागत अवार्डतफ भिर्योस च्वाइस अवार्ड प्राप्त गरिन्, थर्ड रनरअप लमजुङकी कृतिका श्रेष्ठ भइन् भने उनले भोटीङ मार्फत पपुलर अवार्ड पनि प्राप्त गरिन् । फोर्थ रनरअपको ताज प्रतिष्ना कार्की जित्न सफल भइन् भने उनले विधागत अवार्डतर्फ क्रियटिभ अवार्ड पनि जित्न सफल भइन् ।
अन्य विधागत अवार्ड तर्फको ‘सिन्सियर सजना तामाङ, हम्बल प्रसंशा लिम्बु, अनेष्ट आर्सी मर्हजन, प्रिटी श्रीयुती भण्डारी, वेष्ट स्माइल सुमीता महतो, हार्ड ओर्किङ कामना कुमारी खड्का, फोटोजेनिक विशाखा तामाङ, इनोसेन्ट सैयुजा कुँवर , फ्रेष्डसिप एन्जल मर्हजन , स्टाइलिस सलिनता गुरुङ, वेष्टवाक अनु खड्का ,कन्फीडेन्ट अश्लेसा सिटौलाले जिते ।
प्रतियोगीताको उद्घाटन प्रमुख अतिथि संघिय मामिला तथा सामान्य प्रसाशनमन्त्री माननिय अमनलाल मोदीले गरेका थिए । उक्त कार्यक्रममा प्रतियोगीहरुलाई हौसला दिँदै मन्त्री मोदीले यस्ता कार्यक्रमले छात्राहरुको व्यत्तित्व विकास,नेतृत्वको विकास र अनुशासित र निडर बनाउन सहयोगी भूमिका खेल्ने वताए ।
प्रतियोगिताको निर्णायकमा साउथ वेस्टर्न स्टेट कलेजका इन्टरनेशनल प्रोग्राम कोअर्डिनेटर सरिता शाक्य प्रधान,नेपाल एयर होस्टेज एकेडेमीका मुख्य प्रशिक्षक नितु थापा मिसेस ब्यूटी क्वीन विजेताहरू शान्ति लिम्बु र लसता साक्य, सञ्चारकर्मी श्रद्धा अर्याल, काठमाडौं फोटोग्राफर एसोसीयसनका अध्यक्ष डिगम्बर राजवंशी, फेशन डिजाइनर निशा श्रेष्ठ रहेका थिए ।
उक्त प्रतियोगितामा सहभागी भएर विजेता हुने प्राश्ना श्रेष्ठले ‘नामी कलेज एसईई प्रिन्सेज २०२३’ को ताज र उपाधि सहित नामी केलेजको तर्फबाट उच्च शिक्षा अध्ययनका लागि एक लाखको छात्रावृत्ति साथै नेपाल एयर होस्टेज एकेडेमीको तर्फबाट स्कलरसिप, इमव्यालिस स्टुडीयोको तर्फबाट २० हजारको गिफ्ट भौचर, स्ट्याण्ड फ्यान लगायत विभिन्न उपहार हात परिन् ।
त्यस्तैगरी फर्स्ट रनरअप र सेकेण्डरनर अपले पनि नामि कलेज र साउथ वेस्टर्न स्टेट कलेज, हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज, स्वस्तीश्री आईवि वल्र्ड स्कुल रेडन कलेजहमा रु. १ लाख बराबरको छात्रावृत्ति साथै नेपाल एयर होस्टेज एकेडेमीको तर्फबाट स्कलरसिप, इमव्यालिस स्टुडियोको तर्फबाट २० हजारको गिफ्ट भौचर, स्ट्याण्ड फ्यान लगायत विभिन्न उपहार प्राप्त गरेका छन् ।































प्रतिक्रिया