पूर्व श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले वैदेशिक रोजगारीमा जान चाहनेका लागि व्यवस्था गरिएका व्यवस्थाहरु नै कार्यान्वयन गर्न नसकेको टिप्पणी गरेका छन् ।
बुधवार बसेको उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा पूर्वमन्त्री श्रेष्ठले फ्रि-भिसा फ्रि-टिकटको कुरा साँचै लागू गर्न किन सकिएको छैन भन्नेबारे गम्भीर छलफल आवश्यक भएको बताएका हुन् ।
‘उजुरी आएपछि सम्बन्धित उजुरीकर्तालाई बोलाएर उहाँकै मुखबाट हामीले सुन्न पायौं भने के रहेछ समस्या भन्ने थाहा हुन्छ । जस्तै फ्रि भिस्सा फ्रि टिकटको कुरा साँचै लागु गर्न किन सकिएको छैन ? भन्ने कुरा व्यवसायीले भन्नु पर्योनी । यसलाई लागु गराउन किन सकिएको छैन भन्ने कुरा श्रम मन्त्रि र श्रम सचिवले आएर भन्नुपर्यो अनि मात्र हामीलाई बल्ल थाहा हुन्छ ।’ उनले भने ।































प्रतिक्रिया