नेपाली महिला क्रिकेट टोलीले आज भारत ए सँग खेल्दै

नेपाली महिला क्रिकेट टोलीले आज भारत ए सँग खेल्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली महिला क्रिकेट टोलीले एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टि२० प्रतियोगितामा आज भारत ए सँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान ११: १५ मा हङकङको मोंग कोकमा सुरु हुनेछ। नेपाल पहिलो र भारत लगातार दोस्रो जितको सोचमा हुनेछन्।

पहिलो खेलमा पाकिस्तानविरुद्ध सानदार बलिङ प्रदर्शन गरेपनि ब्याटिङ नचल्दा नेपाल पराजित भएको थियो। नेपालले आजको खेलमा ब्याटिङमा सुधारका साथ भारतलाई स्तब्ध पार्न चाहन्छ। नेपाल पाकिस्तान ए सँग ९ रनले पराजित भएको थियो।

जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन मात्रै बनाउन सकेको थियो। उता भारतले पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो।

Logo