प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतको न्यायाधीशमा सुरुमा आफूलाई जान मन नभएको बताएका छन्। तत्कालीन प्रधानन्यायाधीशको आग्रहपछि मात्रै आफू सर्वोच्चमा गएको उनले बताएका छन्।
“इमान्दार भएर भन्दा मलाई सुरुमा सर्वोच्च जाने मन थिएन। तर तत्कालीन प्रधानन्यायाधीशले आउनुहोस् जिम्मेवारी निर्वाह गर्नुहोस् भन्नुभयो र म त्यहाँ गएँ,” कार्कीले संसदीय सुवाइ समितिको बैठकमा भने।
“मैले फौजदारी,देवानी मुद्दा हेर्ने निजी संस्थामा कानुनी सल्लाहाकार भूमिका खेलेँ। राष्ट्रिय महत्वको विषयमा काम गरेँ। राष्ट्र निर्माणमा भूमिका खेलेँ,” सनुवाइ समितिको बैठकमा उनले भने, “मैले सामाजिक अभियान्ताको रूपमा काम गरेको छु। नेपाल बारमा पनि बसेर संवैधानिक सर्वोच्चता कायम गर्ने अवसर पाएँ। कानुन व्यवसायी परिषद्को आवश्यकता देखेपछि त्योअनुसार परिषद् ऐन हामीले ल्यायौँ। त्यसमा मलाई गौरव छ ।”





























प्रतिक्रिया