राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद विना लामा सरकारले निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुतर्फ ध्यान दिन आवश्यक भएको बताएकी छिन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै सांसद लामाले निजी विद्यालयका शिक्षकले दिने गरेको क्रुर यातनाका कारण विद्यार्थीहरु विद्यालय जान पनि डराउन थालेको जिकिर गरिन। उनले विद्यार्थीहरु डिप्रेशनको शिकार पनि बन्न थालेको बताइन्।
उनले भनिन ‘अहिले दिन दिनै विद्यार्थीहरुमाथि शिक्षकहरुद्धारा क्रुर यातना दिएको कारणले विद्यालय छोड्ने,विद्यालय जान डराउने अन्त्यमा डिप्रेसनको सिकार भई आत्मादाह गर्न बाध्य हुने विद्यार्थीको संख्या बढ्दो छ। त्यस्तै घटना धादिङ जिल्लाको १२ वर्षीय अभिषेक तामाङ काठमाडौँ नयाँबजार स्थित इलिप्स स्कुलमा अध्यनरत छात्र होस्टेल ईन्चार्ज र प्रिन्सिपलको क्रुर यातनाको कारणले गर्दा झुण्डिएको अवस्थामा भेटिएको छ। जुन अवस्था हेर्दा झुण्डिएको नभई झुण्ड्याएको जस्तो शंका उब्जिएको छ। त्यसैले सम्बन्धित निकायले यस्तो घटनाहरु घट्न तर्फ रोक लगायतको कार्य गर्नुपर्छ।































प्रतिक्रिया