नेपाल र भारतको खेल रद्द

नेपाल र भारतको खेल रद्द

केन्द्रबिन्दु
0
Shares

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपाल र भारत ए बीचको खेल रद्द भएको छ ।  

हङकङको मङकङ क्रिकेट मैदानमा खेल बिहान सवा ११ मा सुरु हुने तालिका रहेपनि लगातारको बर्षापछि नेपाल र भारत ए सँगको खेल टस बिना नै रद्द भएको हो । योसँगै दुवै टोलीले एकएक अंक बाँडेका छन् । 

अंक बाँड्दा नेपालको सेमिफाइनल सम्भावना कायमै रहेको छ । नेपाल २ खेलमा एक मा हार र एक खेलमा अंक बाँड्दै १ अंकका साथ तेस्रो स्थानमा छ । भारत र पाकिस्तान भने समान दुई खेलमा एक मा जित र एक खेलमा अंक बाँड्दै ३/३ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छ ।

अब नेपाल सेमिफाइनलमा पुग्न शनिबार घरेलु टोली हङकङमाथि सानदार फराकिलो जित हात पार्नुपर्ने हुन्छ ।  

पहिलो खेलमा पाकिस्तानविरुद्ध सानदार बलिङ प्रदर्शन गरेपनि ब्याटिङ नचल्दा नेपाल पराजित भएको थियो। एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो । 

Skip This
Skip This
Logo