उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले बिहीबारदेखि सुरु गरेको शैक्षिक मेला एक दिन पनि नचल्दै काठमाडौँ महानगरपालिकाले स्थगित गरिदिएको छ।
मेला राजधानीको भृकुटीमण्डपमा सञ्चालन गरिएको थियो। सभामुख देवराज घिमिरेले बिहीबार बिहान मेला उद्घाटन गरेका थिए। सभामुखले उद्घाटन गरेको केही घण्टामै महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा गएको टोलीले मेला बन्द गर्न लगाएको हो।
मेला स्थगित गराउनुमा महानगरपालिकाले दुई वटा तर्क अघि सारेको छ। आफूहरूलाई जानकारी नगराई मेलाको आयोजना गरेको र माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक नहुँदै विद्यार्थीलाई प्रलोभनमा पारेर विद्यालय/कलेज सञ्चालकले विद्यार्थीको भर्ना, नाम दर्ता तथा सम्पर्क नम्बर टिपेर राखेकाले मेला स्थगित गर्न लगाइएको कामपाको भनाइ छ।
एसइईको नतिजा सार्वजनिक नभएसम्म विद्यार्थी भर्ना प्रक्रिया सुरु नगर्न महानगरपालिकाले जेठ २४ गते नै सार्वजनिक सूचना जारी गरेर कलेज/विद्यालय सञ्चालकलाई सचेत गराएको थियो ।





























प्रतिक्रिया