जर्नादन शर्माकाे कार्कीलाई प्रश्न– गरिवले न्याय पाउने विधि अहिलेको तरिकाबाट कति सम्भव छ ?

जर्नादन शर्माकाे कार्कीलाई प्रश्न– गरिवले न्याय पाउने विधि अहिलेको तरिकाबाट कति सम्भव छ ?

केन्द्रबिन्दु
0
Shares

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सवाल–जवाफ सुरु भएको छ । उनलाई समिति सदस्यहरूले प्रश्न गरिरहेका छन् । 

समिति सदस्य जर्नादन शर्माले सडक निर्माण गर्दा गरिने निर्णयले जनता दुःख पाउँछन्। यस्ता मुद्दा फरक ढंगबाट गर्न सकिन्न ? कतिपय निर्णय सरकारको पक्षमा पनि हुनुपर्ने हुन्छ, तर प्रायः किन यस्तो हुँदैन ? भन्दै प्रश्न गरेका छन्। 

गरिवले न्याय पाउने विधि अहिलेको तरिकाबाट कति सम्भव छ ? न्याय सम्पादनमा यसका लागि फरक ढंगबाट के गर्न सकिन्छ ? भन्ने प्रश्न कार्कीलाई सोधेका छन् । 

समिति सदस्य देवेन्द्र दाहालले कार्कीलाई जग्गा हडपेको, पैसा खाएको, दलीय आवरणमा वरिष्ठ दिएको, अदालमा भ्रष्टचार नरोकिएको, घुस नखाइ पेसी नतोकिएको, संवैधानिक इजलास योजनावद्ध रूपमा बस्न नदिएकोलगायत उजुरी परेको छ । यसलाई कसरी लिनुभएको छ ?

उनैले अर्को प्रश्न गरेका छन्– यति घण्टाभित्र प्रधानमन्त्री बनाउनू भनेर राष्ट्रपतिका नाममा परमादेश जारी भयो । संसद् जिउँदै थियो, संसद्ले नै प्रधानमन्त्री बनाउँथ्यो।  यस्तो विकृत नजिरलाई कसरी सच्याउनु हुन्छ ? भन्दै प्रश्न गरेका छन् । 

Logo