राहतको माग गर्दै नेपाल नाईं ट्रेड युनियन आन्दोलित (भिडियोसहित)

राहतको माग गर्दै नेपाल नाईं ट्रेड युनियन आन्दोलित (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रत्येक नाईं श्रमिकलाई लकडाउन अवधिभर प्रतिमहिना २५ हजारका दरले रकम उपलब्ध गराउनु पर्ने मागसहित व्यवसायीहरु आन्दोलित भएका छन् ।

लकडाउनका कारण व्यापार व्यवसाय बन्द गर्नु परेकाले लकडाउन अवधिको प्रतिमहिना २५ हजारका दरले रकम दिनुपर्ने माग व्यवसायीहरुले राखेका हुन् । नेपाल नाई ट्रेड युनियनले मंगलबार माइतीघरमा आफ्नो समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको छ । तत्काल सम्पूर्ण श्रमिकहरुलाई राहतको व्यवस्था गर्नुपर्ने, लकडाउन अवधिको बैंक ब्याज मिनाहा गर्नुपर्ने र सटर तथा कोठा भाडा पूर्ण रुपमा मिनाहा गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् । ट्रेड युनियनका अध्यक्ष गजेन्द्र ठाकुरले तत्काल सैलुन र पार्लर खोल्न दिनुपर्ने, लकडाउन अवधिमा प्रतिमहिना २५ हजारका दरले दिनु पर्ने, निःशूल्क देशभरीका श्रमिकहरुलाई पीपीई सेट उपलब्ध गराउनुपर्ने र ५० लाख बराबरको जीवन वीमाको व्यवस्था गर्नुपर्ने बताए ।

सरकारले लकडाउनको समय बढाउँदै लगेपछि घर जान पनि नपाएको र व्यवसाय समेत सञ्चालन गर्न नसक्दा समस्या भएको उनले बताए । स्थानीय सरकारहरुले राहत वितरण गरे पनि मतदाता परिचयपत्र साथमा नभएका कारण आफूहरुले पाउन नसकेको उनले बताए । पटक पटक सरकारलाई आफ्ना समस्या सुनाउँदा पनि सम्बोधन नभएको उनले गुनासो गरे । १० अर्ब भन्दा बढी रकम सरकारले राहतमा खर्च गरेको बताए पनि आफूहरुले १० रुपैयाँको राहत समेत नपाएको उनले बताए । आफ्ना मागहरु पूरा नगरे देशव्यापी रुपमा सशक्त आन्दोलन गर्ने तयारी भएको उनले बताए ।

Skip This
Skip This
Logo