भारत र चीनसँगको सम्बन्ध सन्तोषजनक नभएको नेता भट्टराईको टिप्पणी

भारत र चीनसँगको सम्बन्ध सन्तोषजनक नभएको नेता भट्टराईको टिप्पणी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता योगेश भट्टराईले मित्र राष्ट्र भारत र चीनसंगको सम्बन्ध सुमधुर हुन नसकेको टिप्पणी गरेका छन् । 

शुक्रवार धनुषामा आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले भारतलाई चाहिएको कुरा प्राप्त गरेको तर  नेपालाई चाहिएको कुरा प्राप्त गर्न नसकिएको तर्क गरे । उनले भने,‘हाम्रा मित्र राष्ट्र भारत र चिनसँगको सम्बन्ध सन्तोष जनक छैन । नेपालले जुन हैसियतको साथ सम्बन्ध स्थापित गर्न पर्ने थियो त्यो भएन । प्रधानमन्त्रिको भारत भ्रमणमा पनि नेपालले पाउन पर्ने हकहरु रुथापीत हुन सकेन। भारतलाई जे चाहिएको थियो त्यो प्राप्त गर्यो । र नेपालाई जे चाहिएको थियो त्यो प्राप्त गर्न पाएन ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा नेपालले पाउनु पर्ने हकहरु प्राप्त गर्न नसकेको पनि नेता भट्टराईले बताएका छन् । जन्मसिद्धका सन्तानहरुले वंशजको नागरिकता पाउनु पर्ने उल्लेख गर्दै उनले भने,‘यो संविधान जारी हुनु भन्दा अगाडि जन्मसिद्धको रुपमा नागरिकता प्राप्त भएका आमा अथवा बाउबाट भएका सन्तानहरुले वंशजको नागरिकता पाउने छन् भनेर संविधानमा उल्लेख छ । जन्मसिद्धका सन्तानहरुले वंशजको नागरिकता पाउन पर्छ ।’

Skip This
Skip This
Logo