आदिपुरुष ढिलो प्रदर्शन हुँदा सिनेमा हलमा तोडफोड

आदिपुरुष ढिलो प्रदर्शन हुँदा सिनेमा हलमा तोडफोड

केन्द्रबिन्दु
0
Shares

अभिनेता प्रभास स्टारर फिल्म ‘आदिपुरुष’ शुक्रबारबाट विश्वव्यापी रिलिज भएको छ। कृति सेनन, सैफ अली खान र सनी सिंहको समेत प्रमुख भूमिका रहेको फिल्म रिलिजसँगै विवाद र चर्चामा तानिएको छ।

भारतका केही स्थानमा भने फिल्म हेर्न गएका दर्शकले थिएटर तोडफोड गरेका छन्। तेलंगना राज्यमा यस्तै घटना भएको छ। फिल्म हेर्न गएका दर्शकले फिल्म ढिलो रिलिज गरेको भन्दै त्यहाँको हल तोडफोड गरेका छन्।

दर्शकले तेलांगनाको सांगारेडी सहरमा रहेको ज्योति सिनेमा तोडफोड गरेका हुन्। तोडफोड गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा केहीले ‘जय श्री राम’ भनिरहेका छन् भने केहीले थिएटरको सिसामा ढुंगा प्रहार गरेका छन्।

थिएटर साउण्ड सिस्टममा खराबी भएको भन्दै फिल्म ४० मिनेट ढिलो रिलिज गरेको थियो। जसकारण दर्शक आक्रोशित भएका थिए। यो घटनापछि प्रहरीमा उजुरी परेको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। फिल्ममा ओम राउतको निर्देशन छ।

Logo