तस्करीविरुद्धको कारवाहीमा टर्किमा २ हजार वर्ष पुरानो मूर्ति बरामद

तस्करीविरुद्धको कारवाहीमा टर्किमा २ हजार वर्ष पुरानो मूर्ति बरामद

केन्द्रबिन्दु
0
Shares

टर्कीको प्रहरीले पश्चिमी शहर इज्मिरमा ऐतिहासिक कलाकृति तस्करहरूविरुद्ध कारवाही गर्ने क्रममा २ हजार वर्ष पुरानो मूर्ति कब्जा गरेको छ।

अनादोलु एजेन्सीले शनिबार जनाए अनुसार प्रहरीले इज्मिरको काराबाग्लर जिल्लामा पुरानो खजानाको तस्करीमा संलग्न रहेको विश्वास गरिएका एक जना संदिग्धको घरमा छापा मार्दा सो पुराततात्विक वस्तु फेला पारेको थियो।

उक्त मूर्तिको टाउको देवी वा हेलेनिस्टिक कालदेखिको कुलीन चित्रण गर्ने संगमरमरको मूर्तिको अंश मानिएको छ। उक्त कलाकृति विदेश तस्करी गर्ने प्रयास गर्ने अभियुक्त विरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ ।

Skip This
Skip This
Logo