वामदेव गौतमले एमालेमा जान राखे दोस्रो वरीयताकाे सर्त, अध्यक्ष ओली सकारात्मक

वामदेव गौतमले एमालेमा जान राखे दोस्रो वरीयताकाे सर्त, अध्यक्ष ओली सकारात्मक

केन्द्रबिन्दु
0
Shares

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेमा जान दोस्रो वरीयता चाहिने सर्त राखेका छन् ।

आइतबार च्यासलस्थित एमाले मुख्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा नेता गौतमले आफू एमालेमा फर्किन तयार रहेको र यसका लागि दोस्रो वरीयता दिनुपर्ने सर्त राखेका हुन् । 

अध्यक्षपछिको दोस्रो वरीयता दिएमा आफू एमालेमा फर्किन तयार रहेको नेता गौतमले अध्यक्ष ओलीलाई जानकारी गराएका हुन् । आफूलाई दोस्रो वरीयताको भूमिका दिएमा पार्टी एकताका लागि काम गर्ने बताएका गौतमलाई अध्यक्ष ओलीले आफू सकारात्मक रहेको र यसबारे नेताहरुसँग छलफल गरेर निर्णय लिने जवाफ दिएका छन् । 

एमालेमा अहिले अध्यक्ष ओलीपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रो वरीयतामा छन् ।

Skip This
Skip This
Logo