प्रतिष्ठानहरुमा बजेट बढाउन सरकारलाई झलनाथ खनालको सुझाव

प्रतिष्ठानहरुमा बजेट बढाउन सरकारलाई झलनाथ खनालको सुझाव

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रज्ञा प्रतिष्ठानहरुको बजेट बढाउन सरकारलाई सुझाव दिएका छन् । 

आईतवार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना भएको चित्रकला तथा वृतचित्र प्रर्दशनीको समुद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री खनालले कलाकारलाई प्रोत्साहन गर्न बनाईएका प्रतिष्ठानहरुमा कार्यक्रम,नीति तथा  बजेटको कमि भएको भन्दै बजेट बढाउन सरकारलाई सुझाव दिए । 

उनले भने, ‘कलाकारलाई आवश्यक सुविधाहरु , सहुलियतहरु र प्रोत्साहन कसरी दिने भन्नेबारे अगाडी बढाउन आवश्यक छ ।तीनवटा प्रज्ञा प्रतिष्ठान बनाएका छौँ।प्रोत्साहनकै लागि तर प्रतिष्ठानहरुमा आवश्यक पर्ने कार्यक्रम,नीतिहरु र आवश्यक बजेटको कमि छ । आगामी दिनमा सरकारले यसलाई प्राथमिकतामा राखेर बजेट वृद्धि गर्नुपर्ने आवश्यक छ ।’

देशलाई स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न र सम्पूर्ण हिसाबले समृद्ध बनाउन आवश्यक रहेको खनालको भनाई छ । 

Skip This
Skip This
Logo