धनगढीमा लागूऔषधसहित क्लिनिक सञ्चालक पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ एयरपाेर्ट मोटमा गेटा मेडिको क्लिनिक सञ्चालन गर्दै आएका ३० वर्षीया गणेश बाग पक्राउ परेका हुन् । डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ का बागले सञ्चालन गरेको क्लिनिकमा लागूऔषध फेला परेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार उनको क्लिनिकबाट त्रिंगा सप्ट नामक लागूऔषध ४७ ट्याब्लेट र एन्टिकफ ४८ पत्ता फेला परेको छ । कैलाली गाउँ प्रहरी चौकीको समूहले उनलाई नियन्त्रणमा लिएको हो।































प्रतिक्रिया