श्रीलंकासँग युएईकाे फराकिलाे हार

श्रीलंकासँग युएईकाे फराकिलाे हार

केन्द्रबिन्दु
0
Shares

उपाधि दाबेदार श्रीलंकाले आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत युएईमाथि सानदार जित हासिल गरेको छ । सोमबार भएको पहिलो खेलमा युएईमाथि श्रीलंकाले १७५ रनको जित हात पारेको हो । 

क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा श्रीलंकाले दिएको ३५६ रनको विशाल लक्ष्य पछ्याएको युएई ३९ ओभरमा अलआउट हुँदै १८० रनमा समेटिएको हो । युएईका लागि कप्तान मोहम्मद वासिम र वृत्य अरविन्दले समान ३९/३९ रन जोड्नुबाहेक अन्य खेलाडी चल्न सकेनन् । 

बलिङमा श्रीलंकाका  वानिन्दु हसरंगा एक्लैले ६ विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको उपाधि दाबेदार श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३५५ रन बनाएको थियाे । श्रीलंकाका लागि शिर्ष चार व्याटरले सानदार अर्धशतक पारी खेले । ओपनर पाथुम निसांकाले ५७ रनको अर्धशतकीय इनिङ खेले । साथै अर्का ओपनर दिमुथ करुणारत्नेले पनि अर्धशतक बनाए । उनले ५४ बलमा ५२ रन जोडे । 

तेस्रो नंबरमा ब्याटिङमा आएका कुशल मेन्डिसले सर्वाधिक ७८ रनको अर्धशतकीय इनिङ खेले । त्यसपछि सदिराले ६४ बलमै ७३ रन जोडे । साथै चरिथ असंलाका ४८ रनमा र वानिन्दु हसरंगा २३ रनमा अविजित रहे । 

बलिङमा युएईका अली नासरले २ विकेट तथा रोहन मुस्तफा, आयान अज्फल खान र बसिल हमिदले समान एकएक विकेट लिए । 

Logo