मानव अधिकार तथा शान्ति समाजले अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने सरकारी निर्णयको निन्दा गरेको छ। कानूनी शासनको उपहास गर्दै सरकारले गरेको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न सम्बन्धित निकायलाई समाजले आग्रह पनि गरेको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै समाजले त्रिभूवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले हिजो सोमबारदेखि प्रारम्भ गर्नुभएको अनशनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
३ वर्ष अघि उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण भएपश्चात सोही सम्बन्धमा काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको मुद्दा विचाराधीन रहेकै अवस्थामा सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेपछि उपप्राध्यापक चलाउनेले न्यायका लागि अनसन थालेकोप्रति समाजको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
समाजले विगत केही समयदेखि प्राज्ञिक निकाय/व्यक्तिहरुमाथि आक्र मण गर्ने, कालोमोसो दल्ने जस्ता घटनाहरु घटिरहेकोप्रति गम्भीर चिन्ता पनि व्यक्त गरेको छ। त्यस्ता घटनामा संलग्न जो कोही हुन कानून सम्मत कारबाही सुनिश्चित गर्नुपर्नेमा उल्टो मुद्दा फिर्ता लिने र उन्मुक्ति दिन खोज्ने प्रवृत्तिआपराधिक मानसिकताको उपज भएको धारणा पनि शान्ति समाजको छ। विज्ञप्तिमा भनिएक छ ‘गुण्डागर्दी जहाँ कही होस निन्दनीय छ।’































प्रतिक्रिया