करण केसीले अमेरिकाका कप्तानको पनि लिए विकेट

करण केसीले अमेरिकाका कप्तानको पनि लिए विकेट

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत अमेरिकाविरुद्ध तेस्रो सफलता प्राप्त गरेको छ । 

जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाविरुद्ध तीव्र गतिका बलर करण केसीले सात ओभरको पाँचौ बलमा तेस्रो विकेट दिलाएका हुन् । उनले कप्तान आरोन जोन्सलाई २ रनमा आउट गरेका हुन् । उनी २२ बल खेलेका थिए । 

यसअघि करणले एक ओभरमै २ विकेट दिलाएका थिए । दोस्रो ओभरको पाँचौँ बलमा स्टेभेन टेलरलाई ४ रन र छैटौँ बलमा मुक्कामल्लालाई गोल्डेन डकआउट हुन् । 

Logo