सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्डमा अवरुद्ध

सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्डमा अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । 

आज दिउँसो १.५० बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । 

पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । अहिले पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

Logo