साविक उपविजेता नेपाल पहिलो खेलमै कुवेतसँग पराजित

साविक उपविजेता नेपाल पहिलो खेलमै कुवेतसँग पराजित

केन्द्रबिन्दु
0
Shares

साविक उपविजेता नेपालले साफ च्याम्पियनसिप २०२३ लाई हारबाट सुरुवात गरेको छ । बुधबार भएको पहिलो खेलमा नेपाल बलियो कुवेतविरुद्ध ३-१ गोलअन्तरले पराजित भएको हो । 

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा आमन्त्रित टिमको रुपमा पहिलो पटक साफ खेलिरहेको कुवेतले पहिलो हाफमा नेपालमाथि दबाब राख्दै दुई गोल तथा दोस्रो हाफमा एक गोल थप्यो । नेपालले एक गोल मात्रै फर्कायो । 

कुवेतका लागि खेलको २२औं मिनेटमा कप्तान खालिद हजिअले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४०औं मिनेटमा शाबैब अल्खाल्दीले गोल गर्दै अग्रता दोब्बर बनाए  । यो गोलमा कुवेतले उत्कृष्ट खेल कला देखाएको थियो ।

May be an image of 3 people, people playing football, people playing soccer and text that says '15 Em ra 20'

त्यसैगरी ६३औँ मिनेटमा नेपालका डिफेण्डर अनन्त तामाङले डिबक्समा ह्याण्ड गरेपछि  कुवेतले पेनाल्टी पायो, जसमा मोहम्मद अब्दुल्लाहले गोल गर्दै ३-० गोलको अग्रता दिलाए । त्यसपछि ६८ औं मिनेटमा नेपालका अञ्जन विष्टले उत्कृष्ट गोल गरे । तर, बाँकी समयमा थप गोल हुन नसक्दा कुवेत ३-१ले विजयी बन्यो । 

यस जितसँगै समूह एमा रहेको कुवेतले पहिलो खेलमै ३ अंक जोडेको छ भने नेपाल अंकविहीन छ । अब नेपालले दोस्रो खेलमा शनिबार आयोजक भारतसँग खेल्नेछ । माल्दिभ्समा सम्पन्न पछिल्लो संस्करणको फाइनलमा नेपालले पहिलो पटक फाइनल यात्रा तय गरेको थियो, तर भारतसँग स्तब्ध हुँदै उपविजेतामै सिमित बनेको थियो ।  

May be an image of 3 people, people playing football, people playing soccer and text

 

Logo