आवश्यक परे बजेट संशोधन हुन्छः मन्त्री शर्मा

आवश्यक परे बजेट संशोधन हुन्छः मन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आवश्यकता परेको खण्डमा बजेट संशोधन हुनसक्ने बताएकी छन् । 

बुधबार सिंहदरवारमा मन्त्रिपरिषदको निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्तासमेत रहेकी शर्माले बजेट संशोधन हुनु भनेको बजेट असफल हुनु भन्ने परम्परागत बुझाई भएको र आवश्यकता परेको खण्डमा बजेट संशोधन पनि हुने बताएकी हुन् ।  

उनले भनिन्, ‘बजेटको विषय यस्तो हुन्छ पहिले पनि भएको हो । पहिले एउटै पार्टी नेकपा हुँदा पनि अर्थमन्त्रीले संसदमा बजेट पेश गर्दा संसदमा कसरी प्रस्तृत भएका थियौं एउटै पार्टी भित्रका सांसद हामी सबैलाई थाहा छ । बजेट संशोधन हुनु भनेकै बजेट असफल हुनु हो भन्ने परम्परागत बुझाई हो यस प्रणालीलाई बदलौं फेरौं भनेर प्रधानमन्त्रीले भन्नु भएको छ । कमा फुलिस्टप पनि परिवर्तन हुँदैन भन्ने जुन कुराहरु छ त्यसले के अर्थ दिन्छ भने संसदमा छलफलको कुनै अर्थ छैन भावनाको अर्थ छैन भन्ने सन्देश गएको छ । आवश्यक प-यो भने बजेट संशोधन पनि गर्न सक्छौं ।’ 

Skip This
Skip This
Logo