काभामा तुर्किमिनिस्तानको सामना गर्दै नेपाल

काभामा तुर्किमिनिस्तानको सामना गर्दै नेपाल

केन्द्रबिन्दु
0
Shares

किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा पुरुष भलिबलनेसन्स लिगको चौंथो खेलमा नेपालले तुर्किमिनिस्तानको सामना गर्दैछ ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले नेपाली समय अनुसार साँझ पौने ६ बजे तुर्किमिनिस्तानको सामना गर्नेछ । अघिल्ला तीन खेलमा लगातार हार व्यहोरेको अंक विहीन छ । 

नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको  नेपाल तेस्रो खेलमा इरानसँग पराजित भएको हो । काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ ।

नेपालले पाँचौं खेलमा किर्गिस्तानको ’बी’ टोली र अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्ने छ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।

Logo