नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन्। बिहीबार दिउँसो सकिएको मतगणनाअनुसार उनी ४४१ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी महेन्द्र यादवले ३७६ मत पाएका हुन्।
यस्तै, वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की, खुला उपाध्यक्षमा गणेशबहादुर केसी, महिला उपाध्यक्षमा राधिका कुइँकेल खनाल, सेवा क्षेत्रतर्फको उपाध्यक्षमा नेत्रविक्रम थापा, उत्पादन क्षेत्रतर्फको उपाध्यक्षमा ललितबहादुर श्रेष्ठ,अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपाध्यक्षमा राजेश पालिखे निर्वाचित भएका छन्।
महासचिवमा अजय कुमार राई निर्वाचित हुँदा खुलातर्फको उपमहासचिवमा जनार्दन भट्टराई र बलदेव तामाङ, महिला उपमहासचिवमा सुशीला घिमिरे निर्वाचित भएका छन्।
यस्तै सेवा क्षेत्रतर्फको उपमहासचिवमा देवदत्त बडु, उत्पादन क्षेत्रतर्फको उपमहासचिवमा कुलबहादुर खड्का र अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपमहासचिवमा रुकमणी थापा अर्चना विजयी भएका छन्। कोषाध्यक्षमा सञ्जयकुमार दाहाल र सह–कोषाध्यक्षमा रशामाया गुरुङ निर्वाचित भएकी छिन्।































प्रतिक्रिया