ओखलढुङ्गाकाे पहिरोमा एकै परिवारका चार जनाको मृत्यु, दजनौं घर बगायो   

ओखलढुङ्गाकाे पहिरोमा एकै परिवारका चार जनाको मृत्यु, दजनौं घर बगायो   

केन्द्रबिन्दु
0
Shares

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ गुरुङ बस्तीमा गएराती गएको पहिरोमा परी १८ महिने शिशु सहित एकै परिवारको चार जनाको ज्यान गएको छ । 

पहिरोले दुई दर्जन बढी घर बगाउनुको साथै पशुचौपाया र धनजनको क्षती गराएको र उद्दार कार्य भैरहेको वडा नम्बर ८ का अध्यक्ष खड्गबहादुर राउतले जानकारी दिए । ‘बिहीवार परेको बर्षाको कारण ११ बजे राती गएको पहिरोमा रणबहादुर गुरुङको परिवारनै परे ।मृतक मध्ये ३८ वर्षीय रणबहादुर गुरुङ, २९ वर्षीया शिवमाया गुरुङ र १८ महिनाको छोरी कविता गुरुङको शव निकालिएको छ भने १० वर्षीय छोरा दिनेश गुरुङको शव निकाल्ने प्रयास भई रहेको छ ।’ उनले भने । 

पहिरोले गुरुङ बस्तीमा रहेको अन्य २५ भन्दा बढी घरमा क्षती पु-याएको छ भने,दुई दर्जन बढी पशुचौपाय पनि बगाएको छ । पहिरो गएको थाहा पाएपछि हिजो रातीबाटै नेपाल प्रहरी,सशस्त्र प्रहरी सहित स्थानीयजनको सहयोगमा खोजी तथा उद्दार कार्य सुरु गरिएको राउतको भनाई छ । 

मृतक मध्ये अझै एक जनाको शव भेटीएको छैन् । प्रहरीले खोजी कार्य जारी राखेको छ भने,के कति धनमालको क्षती भयो सो विवरण यकिन भइनसकेको वडा अध्यक्षले जानकारी दिए । 

Logo