शैक्षिक क्षेत्रको सुधारका लागि राज्यसँग भएको सहमति कार्यान्वयन हुन आवश्यक छः सांसद पौडेल

शैक्षिक क्षेत्रको सुधारका लागि राज्यसँग भएको सहमति कार्यान्वयन हुन आवश्यक छः सांसद पौडेल

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादीका सांसद देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको सुधारको लागि राज्यसँग भएको सहमतिकार्यान्वयन हुनु आवश्यक भएको बताएका छन् । 

शुक्रवार प्रतिनिधि सभा बैठकमा सांसद पौडेलले राज्यसँग भएका सहमतिहरु कागजमा सीमित भएको भन्दै सहमतिहरु कार्यान्वयन गर्न, विद्यालय सुधार गर्न र सामुदायिक विद्यालयका समस्याहरु सुधार गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘आजसम्म त्यसप्रकारका समस्याहरु हल नहुनु र विद्यालयका विषयमा, शैक्षिक सुधारका विषयमा सदनमा लगातार कुरा उठ्दै गर्दा शिक्षकका त्यसप्रकारका समस्याहरु हल नहुनु गम्भीर कुरा हो । राज्यसँग भएका सहमतिहरु कागजमा सीमित नहोस ती सहमतिहरु कार्यान्वयन गर्नको लागि, विद्यालय सुधार गर्नको लागि महत्वपूर्ण भूमिका प्राप्त शिक्षकहरुलाई सम्मानित गरेर, समस्याहरु सुधार गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’ 

शिक्षक महासंघसँग २०७८ फागुन ९ गते भएको ५१ बुदेँ सहमति र २०७५ सालमा शिक्षक महासंघसँग समस्या समाधानको लागि सरकारको तर्फबाट प्रतिवद्धता आएपनि त्यसको कार्यान्वयन अझै हुन नसकेको उनको भनाइ छ । 

Skip This
Skip This
Logo