अब वीर अस्पतालकाे जनरल बेडमा निःशुल्क

अब वीर अस्पतालकाे जनरल बेडमा निःशुल्क

केन्द्रबिन्दु
0
Shares

वीर अस्पतालले अस्पतालको जनरल बेडमा लाग्दै आएको शुल्क हटाएको छ । 

स्वास्थ्यमन्त्री मोहन बस्नेतको निर्देशनमा जनरल वेडमा यसअघि लाग्दै आएको दुई सय रुपैयाँ शुल्क मिनाहा गर्ने निर्णय भएको उपकुलपति प्रोफेसर डा. भुपेन्द्र कुमार बस्नेतले जानकारी दिए । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन २०६३ बमोजिम उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टार र डिनको नियुक्तिपछि बसेको कार्यकारी परिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिदैँ उनले अस्पतालको सुधार र विस्तारबारे छलफल भएको बताए । उनले भने, ‘केही समय पहिले कोभिडको समयमा जनरल वेडमा पनि दुईसय चार्ज लगाउने गरेको रहेछ । आज हामीले निशुल्क गर्ने निर्णय गरेका छौं । त्यसका लागि सहकुलपति स्वास्थ्यमन्त्रीले पनि निर्देशन दिनुभएको छ ।’

विर अस्पलातको नियन्त्रण प्रणाली निर्माण गरेर कर्मचारीको नियन्त्रण र नियमनको काम थालिएको उनले बताए । उनले दुवाकोटको ५ सय ७० रोपनी जग्गा केही अतिक्रमण भएको देखिएको बताए । 

मास्टर प्लान गरे पनि विविध कारणले अघि बढ्न नसकेको बताएका डा. बस्नेतले सम्वन्धित निकाय मन्त्रालय, भवन विभाग, अर्थमन्त्रालयसंग समन्वय गरेर अघि बढाउने निर्णय भएको बताए । 

Logo