तनहुँमा कार र बस ठोक्किँदा पाँच जना घाइते, तीनको अवस्था गम्भीर

तनहुँमा कार र बस ठोक्किँदा पाँच जना घाइते, तीनको अवस्था गम्भीर

केन्द्रबिन्दु
0
Shares

जिल्लाको भानु नगरपालिका-९ वडहरेमा शनिबार दिउँसो कार र बस ठोक्किँदा पाँच जना घाइते भएका छन् । 

बेंसीसहरबाट डुम्रेतर्फ आउँदै गरेको प्र.३-१०२४ च ९८३७ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ग१ख४३७५ नम्बरको बस आपसमा ठोक्किएको जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

दुर्घटनामा कार चालक ललितमान रुम्बासहित त्यसमा सवार ५ जना घाइते भएका छन् । घाइतेको एलाईभ अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Skip This
Skip This
Logo