काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षबाट आफ्नै टेलिभिजन सञ्चालनमा ल्याउने भएको छ ।
आइतबार नगरसभाको बैठकमा महानगररकी उपप्रमुख सुनीता डंगोलले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गर्दै सो जानकारी गराएकी हुन् । टेलिभिजिन सञ्चालन गर्नका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यसअघि महानगरले एफएम रेडियो सञ्चालन गरिरहेको थियो अब भने टेलिभिजन नै सञ्चालनमा ल्याउने भएको हो ।
महानगरले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ कुल बजेटको ३३.७२ र पुँजीगततर्फ ६६.२८ प्रतिशत बजेट छुट्याइएको छ । जसअनुसार चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।





























प्रतिक्रिया