कृषि तथा पशुपंछी मन्त्री बेदुराम भूसालले सरकार कृषि क्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको बताएका छन् ।
आइतवार डेरी दर्पण लोकार्पण कार्यक्रममा मन्त्री भूसालले कृषि क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेन भन्ने गुनासो गरिएको भन्दै आफूहरु दुग्ध उत्पादनमा मात्रै नभएर समग्र कृषि क्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको बताएका हुन् । तर कृषि क्षेत्रमै लागेकाहरुले डेरीलाई नै प्राथमिकतामा नराखेको उनकाे तर्क छ ।
उनले भने, ‘कृषि क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेन भन्नु हुन्छ तर यहाँहरुले नै गरेको प्रकाशनमा डेरीलाई पनि कृषिले प्राथमिकतामा राखेको देखिएन, त्यसैले भन्ने कुरा र गर्ने कुरा एउटै हुनुपर्छ ।’
मन्त्री भूसालले सरकार दुध विकासको पक्षमा अझ धेरै राम्रो काम गर्न लागिपरेको बताए । उनले भने,‘दुध विकासबाट हात हटाउन खोजेको होईन सरकारले दुध विकासको पक्षमा छ । सरकार अझ अहिलेको भन्दा राम्रो गर्नुपर्छ भन्ने पक्षमा छ ।’
कृषिको नीतिको अभाव भन्दा पनि व्यवहारीक नीतिको अभाव र कार्यन्वयनमा समस्या रहेको उनले बताए ।





























प्रतिक्रिया