नेपाली बजारमा इटालियन ब्रान्ड इकोबिटका इलेक्ट्रिक स्कुटरको आधिकारीक वितरक ग्लोबल सेभेन प्रालिले ग्राहकहरुका लागि आकर्षक मनसुन अफर ल्याएको छ ।
कम्पनीका अनुसार अफरअन्तर्गत इकोबिट ब्रान्डका हरेक मोडेलको खरिदमा ग्राहकहरुले २१ हजार रुपैयाँ छुट पाउन सक्नेछन् । साथै एक बर्षको कर र बिमा समेत कम्पनीले नै गरिदिने तथा हरेक स्कुटरको साथमा एउटा हेलमेट निःशुल्क उपलब्ध हुनेछ ।
यो अफर यही असार मसान्तसम्म लागू गरिने छ ।
हाल बजारमा इकोबिट इलेक्ट्रिक स्कुटरका आर३, आर३ प्रो, भ्याक्स, ई–रेट्रो स्टार, किड्स बाइक १.० मोडलहरु उपलब्ध छन् । मनसुन अफर अन्तर्गत छुट गर्दा यसका मूल्य १ लाख ५५ हजारदेखि ५ लाख ९ हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।































प्रतिक्रिया