प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चन परिवारको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चन परिवारको स्वास्थ्यलाभको कामना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय वरिष्ठ चलचित्र अभिनेता अमिताभ बच्चनको सुस्वास्थ्य र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले आज अपराह्न ट्विट गर्दै प्रसिद्ध कलाकार अमिताभ र उनका पुत्र अभिषेकको सुस्वास्थ्यको कामना गरेका हुन् । बच्चन परिवारलाई कोरोना भाइरसको सङ्क्रमण भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

समाचारमा जनाइए अनुसार बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना रिपोर्ट पोजेभिट आएपछि अभिषेकपत्नी अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।

यसअघि पहिलोपटकको परीक्षणमा जया बच्चनसहित ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको बताइएको थियो । दोस्रो परिक्षणमा भने ऐश्वर्या र आराध्याको रिपोर्ट पोजेटिभ आएको हो ।

Logo