निर्वाचन कार्यालय खारेज गरेर सरकारले लोकतन्त्रमाथि षड्यन्त्र गर्‍योः सांसद परियार

निर्वाचन कार्यालय खारेज गरेर सरकारले लोकतन्त्रमाथि षड्यन्त्र गर्‍योः सांसद परियार

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले अर्थमन्त्रीले निर्वाचन कार्यालयहरु खारेज गरेर लोकतन्त्रमाथि षड्यन्त्र गरेको टिप्पणी गरेका छन् । 

सोमवार प्रतिनिधिसभाको बैठकमा सांसद परियारले बजेट प्रस्तुत गर्ने सिलसिलामा अर्थमन्त्रीबाट जिल्ला निर्वाचन कार्यालयहरु खारेज गरी जिल्ला प्रशासन कार्यालयअन्तर्गत राख्ने व्यवस्था गरेर लोकतन्त्रमाथि षड्यन्त्र गरेको बताएका हुन् । 

उनले भने, 'बजेट प्रस्तुत गर्ने सिलसिलामा ८० साल जेठ १५ गते अर्थमन्त्रीबाट जिल्ला निर्वाचन कार्यालयहरु खारेज गरी जिल्ला प्रशासन कार्यालयअन्तर्गत राख्ने व्यवस्था गरियो, लोकतन्त्रमाथि भएको यो षड्यन्त्रको राष्ट्रिय स्वतन्त्र पार्टी घोर भत्र्सना गर्दछ ।'

राजनीतिक आन्दोलनले गरेको व्यवस्थामाथि षड्यन्त्र गर्न नपाइने सांसद परियारको तर्क थियो ।

Skip This
Skip This
Logo