लागूऔषध कारोबारी र प्रयोगकर्तालाई एउटै दृष्टिले हेर्न मिल्दैनः तोसिमा कार्की

लागूऔषध कारोबारी र प्रयोगकर्तालाई एउटै दृष्टिले हेर्न मिल्दैनः तोसिमा कार्की

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले लागूऔषध कारोबारी र प्रयोगकर्तालाई एउटै दृष्टिले हेर्न नमिल्ने बताएकी छन् । 

सोमबार बसेको प्रतिनधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद कार्कीले लागू औषध प्रयोगकर्तालाई अपराधमा हाल्न नहुने बताएकी हुन् । 

उनले भनिन्, ‘हाम्रो मुख्य समस्या भनेकै लागपदार्थ प्रयोगकर्तालाई मनोसामाजिक समस्याभन्दा पनि अपराधको मान्नु हो । आज सम्म पनि सुधार गृहहरु गृह मन्त्रालयअन्तर्गत रहेका छन् । अपराधी सरह व्यहार गर्ने हो भने यो समस्या बढिरहन्छ । लागू औषध कारोवारी र प्रयोगकर्तालाई एउटै दृष्लिे हेर्न मिल्दैन । सुधार गृहलाई स्वास्थ्य मन्त्रालयअन्तर्गत ल्याउन जरुरी छ र बजेटमा पनि समावेश गरिनुपर्छ ।’ 

Logo