सांसद पन्तको प्रश्नः दलितले समान अधिकार कहिले पाउने ?

सांसद पन्तको प्रश्नः दलितले समान अधिकार कहिले पाउने ?

केन्द्रबिन्दु
9
Shares

नेकपा एमालेका सांसद रघुजी पन्तले सामाजिक रुपान्तरण हुन नसक्दा दलीत समुदायले त्रेता युगदेखि अहिलेसम्म अन्याय भोग्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

सोमवार प्रतिनिधि सभा बैठकमा दलित समुदायले ब्राह्मणसंग विवाह गर्दा होस् या ब्राह्मण समुदायका सदस्यले दलितसंग विबाह गर्दा दुवै परिस्थितिमा दलित समुदायमाथि नै अन्याय हुने गरेको उनको भनाई छ । 

उनले भने, ‘दलित केटाले उच्च जातको केटी ल्याउँदा होस् वा दलित केटीले उच्च जातको केटासंग जाँदा मारमा पर्नेमा दलित देखिन्छ ।’ हाम्रो पद्धति गलत भयो,खाली प्रशासनको मात्र नभएर ठूला राननीतिक दलहरुले जनताको बीचमा समाजिक चेतना फैलाउने काम गरेनौं र समाज रुपान्तरणको कुरा सरकार र प्रशासनमा मात्र भर प-यो ।’

सांसद पन्तले दलित र गैह्र दलित समुदायमा अझै विवाह जस्ता सामाजिक कार्य समाजमा स्वीकार्य नभएकोले गर्दा हत्या र अपहरण जस्ता विविध घटना हुने गरेको उदाहरण दिदै दलितले समान अधिकार अहिले पाउने भन्दै प्रश्न गरे । ‘आज प्रश्न उठेको छ दलितले समान अधिकार कहिले पाउने?त्रेता युगदेखि यो युग सम्म दलितहरु पीडित, मारिएको र दमनमा परेको प-यै छन्। अहिले हामीले न्यायपूर्ण व्यवस्था अपनाएका छौं,सबैलाई समान र बराबरी अधिकार संविधानतःदिएका छौं भनेर गर्व गर्न सुहाएन ।’

त्यस्तै सांसद पन्तले सप्तरीको वविता इश्वरले २१ बर्षमा सोहि उमेर समुहको दलित केटासंग बिवाह गरेको घटनालाई स्थानीय सरकार र परिवारका सदस्यले मिलेमतोमा केटीलाई नाबालिक करार गरी दलित केटा र उसको जेठाजुलाई थुनेको भन्दै प्रशासन र अदालतबाट भएको अन्यापूर्ण घटनामा दोषीलाई कारबाही गर्नुपर्ने माग गरे । ‘जुन केटीको श्रीमान र जेठाजु जेलमा छन् सर्वोच्च अदालतले फैसला पनि गर्ला तर यस्ता विषयहरुमा सरकारको ध्यान जाओस् । यो प्रशासन र प्रहरीको बद्मासी हो । वडा अध्यक्षले नक्कली जन्मदर्ता कागज बनाएर केटीलाई नाबालिग करार गरेको छ । यस्तोमा अदालतले दोषीलाई सजाए दिएपनि गडबढी गर्नेलाई सजाए तोक्दैन । नक्कली सिफारीस गरेर वयस्कलाई नाबालिक गर्ने वडा अध्यक्षलाई सरकारले तुरुन्त कारवाही गरोस्, यसमा गम्भीर ध्यानाकर्षण हुनुपर्छ ।’

Skip This
Skip This
Logo