तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० असार १२ गते मंगलबार। २७ जुन २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज भाग्यले विभिन्न अवसर जुराउनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सजग रहनु होला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शत्रुमाथि विजय प्राप्त हुन सक्छ। श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ। शुभकार्यको चर्चा चल्ने र योजना पनि बन्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज दैनिक कार्यमा प्रगति हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। सञ्चार र प्रविधि मार्फत आफन्तसँग भेटघाट रहनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज बन्न लागेको काम बिग्रिनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सरकारी निकायको भय पनि उत्तिकै रहनेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज विवाद भाग नलिनुहोला। विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय दिनुपर्ला, तर तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
शुभकार्यको चर्चा चल्नेछ। लाभदायक योजना बन्नेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा पनि फाइदा होला।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
वित्तिय संस्थाबाट सहयोग पाइनसक्छ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ। मान प्रतिष्ठामा वृद्धि होला। समाजिक कार्यमा मन जानेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आफन्त सँग मनमुटाव बढ्ला र सामान हराउन सक्नेछ अतः सचेत रहनु उचित होला।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
शुभकार्यको चर्चा चल्नेछ। चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

Skip This
Skip This
Logo