सर्वोच्चले मेयर बालेनसँग माग्यो लिखित जवाफ

सर्वोच्चले मेयर बालेनसँग माग्यो लिखित जवाफ

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ मागेको छ । मंगलबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै मेयर बालेनसँग लिखित जवाफ मागेको हो ।

अधिवक्ता वर्षाकुमारी झाले मेयर शाहविरूद्ध दिएकी रिटमा न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा गएको आइतबार र सोमबार तोकिएको पेसी ‘हेर्न नभ्याइने’ हुँदै स्थगित गरिएको थियो। त्यसपछि आज न्यायाधीश श्रेष्ठकाे इजलासले उक्त आदेश दिएको हो । 

उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै मेयर बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए।

Logo