कर्णाली प्रदेशसभा बैठक बस्दै, दुई मन्त्रालयको बजेटमाथी छलफल हुने

कर्णाली प्रदेशसभा बैठक बस्दै, दुई मन्त्रालयको बजेटमाथी छलफल हुने

केन्द्रबिन्दु
0
Shares

आज कर्णाली प्रदेश सभाको बैठक बस्दैछ। प्रदेश सभा भवन सुर्खेतमा उक्त बैठक बस्न लागेको हो। बैठक बिहान ११ः०० बजे बोलाइएको छ । 

प्रदेश सरकारको प्रस्तुत  गरेको आर्थिक वर्ष २०८०र८१ को वार्षिक बजेट तथा कार्यक्रममाथी आजबाट छलफल सुरु हुनेछ। मन्त्रालयगत रुपमा विनियोजन बजेटमाथिको छलफल हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।

जसअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ।
 

Logo