पूर्वप्रधानमन्त्रीहरुले सदनमा स्पष्टिकरण दिनुपर्छः सांसद सुवाल

पूर्वप्रधानमन्त्रीहरुले सदनमा स्पष्टिकरण दिनुपर्छः सांसद सुवाल

केन्द्रबिन्दु
0
Shares

सांसद प्रेम सुवालले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नाम जोडिएका पूर्वप्रधानमन्त्रीले संसदमा स्पष्टिकरण दिनुपर्ने माग गरेका छन्। 

बुधबार बसेको प्रतिनीधि सभाको बैठकमा समय लिएर बोल्दै उनले गिरोहले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा नाम जोडिएका पूर्वप्रधानमन्त्रीहरु संसदको सदस्य भएकोले उनीहरुले सदनलाई स्पष्टिकरण दिनुपर्ने बताएका हुन्। 

उनले भने,‘गिरोहले ४९ साल देखि ६७ साल सम्ममा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी बेचविखन गरेको यसमा पुर्व प्रधानमन्त्री उपप्रधानमन्त्री र मन्त्रहिरु समेत संलग्न भएको सार्वजनिक भयो। यस विषयमा संसदले, संसद सदस्य समेत भएका पुर्व प्रधानमन्त्रीहरुलाई संसदमै स्पष्टीकरण दिन लगाउन जरुरी छ।’

उनले हिजो बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुमाथि गम्भिर छानविनको माग समेत गरे। बालुवाटारस्थित ललिता निवास जग्गा १ सय ४३ रोपनी ६ आना अर्थात १३ अर्व ७६ करोड बराबरको हिनामीनामा संलग्न रहेको आरोपमा हिजो पूर्व अधिकारीसहित अन्य पक्राउ गरेका छन्। 

Skip This
Skip This
Logo