काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) लाई निर्वाचन आयोगले प्रमाणपत्र दिएको छ । जसपालाई आयोगले आइतबार दल दर्ताको प्रमाणपत्र दिएको हो ।
जसपाले औपचारिक रुपमा असार २५ गते राजनीतिक दलको मान्यता पाएको थियो । आयोगको असार २५ मा बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय गरेको थियो । गत वैशाख १० मा तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई जसपा गठन गर्ने सहमति भएको थियो ।
एकीकरणको घोषणा पछि जसपाले दल दर्ताका लागि जेठ २५ मा आयोगमा निवेदन दिएको थियो ।































प्रतिक्रिया