विद्युत ट्रिपिङको समस्या समाधान गर्न सांसद पन्तको माग

विद्युत ट्रिपिङको समस्या समाधान गर्न सांसद पन्तको माग

केन्द्रबिन्दु
0
Shares

सांसद रघुजि पन्तले विद्युतको उत्पादन प्रयाप्त भएको समयमा समेत आमनागरिकले बारम्बार विद्युत जाने समस्या भोग्नु परेको भन्दै आक्रोश पोखेका छन्। प्रतिनिधि सभाको बैठकमा उनले खाना बनाउँदा, कम्युटरमा काम गर्दा बारम्बार विद्युत गएर हैरानी व्यहोर्नू परेको भन्दै त्यसको कारण माग गरेका छन्। 

‘दैनिक ५ सय मेगावट विद्युत खेर गइरहेको छ। विद्युत ट्रिपिङ भइरहेको छ। उत्पादन भएको विद्युत बाहिर निर्यात गर्न पनि सकिरहेको छैन। विद्युत प्राधिकरण विद्युत उत्पादन नगर भनेर उत्पादकहरुलाई ३० वटा आयोजनाहरुलाई नगर भनेर रोकेको छ।’ उनले भने ‘विद्युत छ विद्युत गइराख्छ। भनेपछि हाम्रो योजना के हेरेकाे छ भनेर यहि कुराले प्रस्ट हुन्छ।’

Skip This
Skip This
Logo