सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर भएको रिट खारेज गरेको छ ।
संविधानकै विषयमा प्रश्न उठाउँदै युवराज पौडेल सफलले दायर गरेको रिट सर्वोच्चको संवैधानिक इजलासले खारेज गरेको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल छन् ।
निर्वाचन आयोग कान्तिपथविरुद्ध भनिएको उक्त रिटमा लामिछानेले पुनः लिएको नागरिकता समेत प्रक्रियासंगत नभएको भन्दै उनी सांसद पदका लागि अयोग्य रहेको दाबी गरिएको थियो ।





























प्रतिक्रिया