११ दिनपछि डिस्चार्ज भए राष्ट्रपति पौडेल

११ दिनपछि डिस्चार्ज भए राष्ट्रपति पौडेल

केन्द्रबिन्दु
0
Shares

११ दिनको उपचारपछि राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो निवास फर्केका छन् । बुधबार राष्ट्रपति कार्यलयले एक विज्ञप्ति सार्वजनिक गर्दै उनी आज डिस्चार्ज भएर राष्ट्रपति निवास फर्किएको जानकारी दिएको हो । 

राष्ट्रपतिको कार्यालयका अनुसार २ गते उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका उनको छातीमा पेस मेकर राखिएको थियो ।

चिकित्सकहरुका अनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

Skip This
Skip This
Logo