त्रिपुराको उनाकोटी जिल्लामा बुधबार साँझ भगवान जगन्नाथको रथ हाईटेन्सन तारको चपेटामा परेको छ। जसका कारण ७ जनाको मृत्यु भएको छ। सोही क्रममा १८ जना जलेका छन्।
भगवान जगन्नाथको उल्टा रथयात्राका क्रममा अपरान्ह् ४ः३० बजे कुमारघाट क्षेत्रमा उक्त घटना भएको प्रहरीले जनाएको छ प्रदेशका मुख्यमन्त्री माणिक साहले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। दुर्घटनामा धेरै तीर्थयात्रीको ज्यान गएको उनले बताए। योसँगै धेरै मानिस घाइते भएका छन्।
'यो घटनाबाट म दुखी छु। मृतकका परिवारजनमा मेरो सम्वेदना र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना। यस दुखद घडीमा प्रदेश सरकार पीडितहरुको साथमा छ,' उनले भने।





























प्रतिक्रिया