ललितपुर जिल्ला अदालतकी कर्मचारीमाथि हातपात गर्ने अधिवक्ता पक्राउ

ललितपुर जिल्ला अदालतकी कर्मचारीमाथि हातपात गर्ने अधिवक्ता पक्राउ

केन्द्रबिन्दु
0
Shares

ललितपुर जिल्ला अदालतकी महिला कर्मचारीमाथि हातपात गर्ने एक कानुन व्यवसायी पक्राउ परेका छन् । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि हातपात गर्ने अधिवक्ता अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । 

बुधबार अपराह्न अदालतको कार्यकक्षमै बसेर काम गरिरहेको समयमा अधिवक्ता लामिछानेले मुद्दाको मिसिल र आदेश हेर्न फाइल लिन खोजेका थिए तर, कर्मचारी तामाङले मिसिल बाहिर लैजान मिल्दैन भन्दा उनीमाथि हातपात भएका थियो । सो क्रममा उनका दुईवटा दाँत हल्लिनुका साथै ओठमा चोट पुगेको छ भने सरकारी पोसाकसमेत च्यातिएको छ । 

जिल्ला प्रहरी परिसर ललितपुरमा दिएको उजुरीका आधारमा आज अधिवक्ता  लामिछाने पक्राउ परेका हुन् । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पेश गरी उनीमाथि म्याद थप गर्ने तयारी रहेको बताइएको छ । 

Logo