तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० असार १५ गते शुक्रबार। ३० जुन २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
शुभ समाचार सुन्न पाइएला। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। अरुको मन जित्न सकिनेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आस मारेको काम बन्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। अचल सम्पत्ति हात पर्ने योग छ। आँटेको र ताकेको कार्य पुरा हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन्। कुनै कुराले मनमा शान्ति छाउनेछ। सफल र लाभदायक यात्राको योग पनि छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ। आर्थिक कारोबारमा मन्दी आउला। पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नयाँ कार्यको योजना बन्नेछ। बोलीको प्रभाव बढ्नेछ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। स्वादिष्ट भोजन पनि पाइनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ। चलाखीपूर्ण बोलीले काम बन्नेछ। दैनिक कार्यमा प्रगति हुँदै जानेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आजबाट रोकिएको कार्य पुन: सुचारु हुन सक्छ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ। मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला। घरायसी समस्या बढ्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज धार्मिक, सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। सन्तान सुख पनि मिल्नेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ। रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज कुनै कुराले मनमा शान्ति छाउला। धार्मिक र न्यायिक कार्यमा सफलता मिल्नेछ। अधुरा कामकाज पनि सहज हुँदै जानेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला।

Skip This
Skip This
Logo