राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत हुने

राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत हुने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक दिउँसो २ः३० बजे बस्नेछ। 

आजको बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० को सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् भने अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्य सूची रहेको छ ।
 
यसैगरी विधायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविधालय विधेयक २०७९ माथी छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ भने भने त्यसलाई पारित गरियोस् भन्ने प्रस्ताव शिक्षा मन्त्री अशोक राईले गर्ने कार्यसूचीमा उल्लेख छ। 

मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक २०८० माथी दफाबार छलफल हुने र सो विधेयक पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ। 

Skip This
Skip This
Logo