४ वटा प्रदेशमा नेतृत्व गरेको एमाले बन्यो सत्ताविहीन, कहिले कहाँ गुमायो नेतृत्व ?

४ वटा प्रदेशमा नेतृत्व गरेको एमाले बन्यो सत्ताविहीन, कहिले कहाँ गुमायो नेतृत्व ?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले सत्ताविहीन भएको छ । केन्द्रमा त सत्ताविहीन थियो नै तर शुक्रबार कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत गुमाएर पदमुक्त भएपछि एमाले सबै प्रदेशमा पनि सत्ता विहीन बनेको हो । 

०७९ को पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका कार्की एक मत कम हुँदा पदमुक्त भएसँगै एमाले सबैतिर प्रतिपक्ष बनेको छ । कार्कीलाई बहुमतका लागि ४७ मत आवश्यकता थियो तर कार्कीको पक्षमा ४६ मत मात्र प-यो भने विपक्षमा ४३ मत पर्यो । 

त्यस्तै कोसी प्रदेशमा एमालेको सरकार ढलेसँगै अब कस्को सरकार बन्छ भन्ने अन्यौलता बढेको छ । उता विपक्षीहरूको पक्षमा पनि बहुमत छैन । त्यसकारण अबको सरकार कस्को नेतृत्वमा बन्छ भन्ने प्रश्न सबैको मनमा उब्जिएको छ ।  

एमालेको सरकार कहिले बन्यो, कहिले गुम्यो ? 

गएको पुस १० गते तत्कालीन चुनावी गठबन्धन भत्काउँदै एमालेले सात दलको समर्थनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनायो ।  प्रचण्ड सरकार बनेसँगै एमालेले केन्द्रीय सरकारमा उपप्रधानसहित आठ मन्त्री पायो ।  एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपपप्रधानसहित अर्थमन्त्री बने । नयाँ गठबन्धन निर्माण हुँदा एमालेले कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको मुख्यमन्त्री पाउनुका साथै  अन्य प्रदेशमा मन्त्री पनि पायो ।  

तर राष्ट्रपतिको निर्वाचनमा चुनावी गठबन्धन नै ब्युँतिएपछि गएको फागुन १५ गते एमाले केन्द्रीय सरकारबाट बाहिरियो । ६४ दिनमा नै केन्द्रीय गठबन्धन फेरिएपछि अन्य प्रदेशको समेत नेतृत्व गुम्योे ।  

सुदूरपश्चिममा भने गठबन्धन नटुट्दै एमाले सत्ताविहीन बन्न पुगेको थियो । पुस २७ गते सुदूरपश्चिममा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएको एक महिना नपुग्दै माघ २६ गते विश्वासको मत पाउन सकेनन् त्यसपछि सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भए । 

त्यस्तै, लुम्बिनीमा पुस २७ मा एमालेका लीला गिरी मुख्यमन्त्री नियुक्त भएका थिए तर वैशाख ११ मा गिरीले प्रदेशको विश्वास जित्न सकेनन् र त्यहाँ पनि एमालेको नेतृत्व गुम्यो । र लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरी वैशाख १४ मा मुख्यमन्त्री बने । त्यस्तै गण्डकीमा पनि पुस २५ गते एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनेका थिए । तर प्रदेशसभाबाट अधिकारीले विश्वासको मत नपाएपछि वैशाख ९ गते पदमुक्त भए र कांग्रेसका सुरेन्द्रराज पाण्डे वैशाख १४ गते नयाँ मुख्यमन्त्रीमा नियुक्त भए ।

Skip This
Skip This
Logo